काठमाडौं, २८ वैशाख, । पछिल्लो चौविस घण्टामा कोरोना भाइरस संक्रमणबाट २२५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०८४ पुगेको छ ।

यसैगरी पछिल्लो चौविस घण्टामा २० हजार ५९६ जनाको आरटी पिसिआर र ७२० जनाको एन्टिजेन परीक्षण गर्दा थप ९४८३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी मन्त्रालयले सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको जनाएको छ ।
पछिल्लो चौविस घण्टामा ५२२५ जना कोरोनाबाट विसेक भएका छन् ।
योसँगै विसेक हुनेको संख्या ३ लाख १२ हजार १९ जना पुगेको छ ।पछिल्लो चौविस घण्टामा काठमाडौंमा मात्र २७८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यसैगरी भक्तपुरमा ५३७ र ललितपुरमा ६०२ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर