काठमाडौँ, २५ मंसीर । आज पनि नेप्से ६.३२ अंकले घटेर २ हजार ६ सय ६९.८२ विन्दुमा झरेको छ । अघिल्लो दिनको तुलनामा यो ०.२३ प्रतिशतले कम हो ।
सो दिन कारोबारमा आएकामध्ये ८५ वटा कम्पनीको सेयरमूल्य बढ्यो, १४८ वटाको घट्यो भने बााकी १० वटा कम्पनीको स्थिर रहयो ।
५२ हजार ७ सय ५ पटकको कारोबारमा ८७ लाख ६८ हजार ५ सय ६६ कित्ता सेयर किनबेच भए ।
ती किनबेचमा ४ अर्ब ४१ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो ।
