मोरङ, १७ मङ्सिरः मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नमोनारायण माझीले छ हजार नौ सय ६९ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
आइतबार सम्पन्न उपनिर्वाचनमा उहाँको निकटतम् प्रतिस्पर्धीमा नेपाली कांग्रेसका बलराम सरदार थारुले पाँच हजार तीन सय ३३ मत ल्याउनुभएको सहायक निर्वाचन अधिकृत रामराज पौडेलले जानकारी दिनुभयो । गत असार ३ गते ग्रामथानका तत्कालीन अध्यक्ष जयप्रकाश गच्छदारको निधनपछि उपनिर्वाचन भएको हो ।
जाजरकोट नलगाड नगरपालिकामा भएको उपप्रमुख पदमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवका लामिछानले चार हजार दुई सय ७२ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ ।
उहाँको निकटतम प्रतिस्धी नेपाली कांग्रेसका उम्मेदवार इन्द्राचन्द सिंहले तीन हजार एक सय ४७ मत प्राप्त गर्नुभएको सहायक मतदान अधिकृत धर्मबहादुर बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार सोह्र हजार चार सय ४९ मतदाता मध्ये १० हजार छ सय छ मत खसेको थियो ।