सुदूरपश्चिम, ५ मङ्सिर स् जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेसका प्रत्यासी टीका चौधरी भुल निर्विरोध निर्वाचित हुनुभएको छ ।

जिल्ला समन्वय समितिको प्रमुखमा उम्मेद्वारी दिनुभएका नागरिक उन्मुक्ति पार्टीका रुपमति डगौरा थारुले आज उम्मेद्वारी फिर्ता लिनु भएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिनुभयो ।

जिसस प्रमुखमा निर्वाचित भुल कैलाली गाउँपालिकाको वडासदस्यमा निर्वाचित हुनुहुन्छ । जिसस प्रमुखका लागि नेकपा९एमाले०, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०लगायतका दलले प्रत्यासी उठाएको थिएन । जिसस प्रमुखको निर्वाचनमा कैलाली जिल्लाका १३ स्थानीय तहका अध्यक्षरउपाध्यक्ष, प्रमुखरउपप्रमुख गरी २६ मतदाता रहेका थिए ।

दुई वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित पदमबहादुर कलेलको निधनपछि पद रिक्त थियो । सुदूरपश्चिम प्रदेशमा रिक्त रहेको बाजुरा जिल्ला स्वामीकात्तिकखापर गाउँपालिकाको उपाध्यक्ष, कञ्चनपुर, भीमदत्त नगरपालिका–६, डोटी पूर्वीचौकी गाउँपालिका–६, दार्चुला दुहुँ गापा–५ र बझाङ सुर्मा गापा–४ को वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर