मान्म (कालीकोट), २५ कात्तिक : कालीकोटको पलाँता गाउँपालिका–३ राडुनेटा नजिकै जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो ।
दुर्घटनामा ज्यान गुमाएका ६ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाइते भएका सात यात्रुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । घाइतेहरुलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको उहाँले बताउनुभयो ।
उनका अनुसार पलाता गाउँपालिका-६ बस्ने पदम बम, पलाता गाउँपालिकाकै भगवती रोकाया, गणेश शाही, पलाता गाउँपालिका-5 का छाया शाही र पलाता गाउँपालिका-३का दमन रोकाया रहेका छन् ।
यस्तै १३ जना घाइतेहरुको पनि सनाखत भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कालिकोट पलाता-६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदिम शाही, प्रतिक्षा शाही, आशिष रोकाया रहेका छन् । यस्तै भुपेन्द्र रोकाया, तलाता-३ बस्ने दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया तथा ठेगाना नखुलेको चालक धनिराम रावत रहेका छन् भने पलाता गाउँपालिका-५ बस्ने दोली विक र आयुशा विक रहेका छन् ।