काठमाडौँ, १४ कात्तिक स् नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनको एकता र रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेकामा जोड दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा माओवादी केन्द्रले आज यहाँ आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै उहाँले त्यस्तो आत्मसमीक्षा पार्टीको दस्तावेज, नेता र कार्यकर्ताको तहमा हुनुपर्ने बताउनुभयो ।
“कम्युनिष्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैँभित्र र पार्टीभित्र आत्मसमीक्षा गरौँ । अनि बल्ल कम्युनिष्ट पार्टीहरुको बीचमा आत्मसीक्षा गरौँ”, अध्यक्ष दाहालले भन्नुभयो । क्रान्तिकारीहरूले आफ्नो गल्ती स्वीकार गर्न सक्नुपर्ने उल्लेख गर्दै उहाँले आत्मसीक्षाले मात्रै कम्युनिष्ट पार्टीहरुमा एकता, रुपान्तरण र नयाँ क्रान्तिको प्रक्रिया सुरु हुने बताउनुभयो ।
“म देशभरिका कम्युनिष्टहरुलाई गम्भीर आत्मसीक्षाका लागि अपिल गर्न चाहन्छु”– अध्यक्ष दाहालले भन्नुभयो, “म आदर्शका रुपमा मात्र यसो भनिरहेको छैन, हाम्रो पार्टीभित्र गम्भीर आत्मसीक्षा सुरु गरेर मात्रै अरुलाई अपिल गर्न थालेको हुँ ।” सिद्धान्ततः दलाल नोकरशाहीविरुद्ध लड्नुपर्छ भनिए पनि हामीभित्रै सुरु हुँदै गरेको खराबीविरुद्ध नलडी अरुलाई परास्त गर्न नसकिने उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले, भन्नुभयो, “हिजो व्यापक कम्युनिष्ट एकता गरेर समावादमा अघि बढ्न सकिन्छ कि भनेर अभ्यास गर्यौं । सँगै मिलेर चुनाव पनि लड्यौँ तर वैचारिक स्पष्टता कायम गर्न नसक्दा क्षति व्यहोर्नुपर्यो । अब पहिले आफैँभित्रै वैचारिक स्पष्टताका लागि संघर्ष गरौं । त्यही संघर्षको बीचमा रुपान्तरणसहितको एकताको थालनी गरौँ ।”
व्यक्तिवाद, स्वार्थी र भ्रष्टीकरण प्रवृत्ति वामपन्थी आन्दोलनको बाधक – अध्यक्ष नेपाल
कार्यक्रममा नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालले पछिल्लो समय कम्युनिष्ट आन्दोलनभित्र वैचारिक स्खलन, दक्षिणपन्थी सोच हाबी तथा जडसुत्रवादी प्रवृत्ति देखापर्न थालेकामा चिन्ता व्यक्त गर्नुभयो ।
“वामपन्थी दलहरुबीच एकता हुनु राम्रो हो, तर कम्युनिष्ट आन्दोदलनभित्रै जडसुत्रवादी र दक्षिणपन्थी धारा हाबी हुँदै गइरहेको छ”, उहाँले भन्नुभयो, “कम्युनिष्ट आन्दोलन अघि बढाउन कति योगदान गरेका छौँ, बहस र आत्मसमीक्षा गरौँ ।”
‘कम्युनिष्ट’ नै देशभक्तिको पर्याय हुन् भन्ने तथ्य पुष्टि भइसकेको जनाउँदै अध्यक्ष नेपालले स्वाधिनता, सार्वभौमसत्ताको रक्षा, राष्ट्रिय अखण्डताको पक्ष तथा वैदेशिक हस्तक्षेपको विरुद्धमा एकताबद्ध भएर उभिनुपर्नेमा जोड दिनुभयो । कम्युनिष्ट आन्दोलनमा देखिएका कमीकमजोरी सुधार गरेर अघि बढ्नुपर्छ भन्दै उहाँले लोकतन्त्र र गणतन्त्रको रक्षा कम्युनिष्टले मात्रै गर्न सक्ने दाबी गर्नुभयो ।
“व्यक्तिवाद, स्वार्थी र भ्रष्टीकरण प्रवृत्ति वामपन्थी आन्दोलनको बाधकका रुपमा देखापरेको छ, कम्युनिष्ट आन्दोलनमा दूरगामी सोचको अभाव छ”, पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “कम्युनिष्ट पार्टीले जनताको समस्या पहिचान र प्राथमिकीकरण गरेर सम्बोधन गर्ने नीति लिनुपर्छ ।”
जनतामा देखिएको निराशालाई आशामा बदल्न वामपन्थी दलले नयाँ ढङ्गबाट सोच्नुपर्नेमा जोड बताउनुभयो । “विगतको समीक्षा र वर्तमानको मूल्याङ्कन गरौँ, नयाँ ढङ्गले कसरी जान सक्छौँ भन्ने बारे सोचौँ”, उहाँले भन्नुभयो । अध्यक्ष नेपालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना र विभिन्न कालखण्डको परिवर्तनमा संस्थापक सदस्य कर्मचार्यको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
कम्युनिष्ट आन्दोलनभित्र रहेको दक्षिणपन्थी र जडसूत्रीय चिन्तनका विरुद्ध संघर्ष गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले उपलब्धि र कमजोरीको समीक्षा गरेर जानुपर्नेमा जोड दिनुभयो । जनवादी क्रान्तिको चरण सकिएकाले अब समाजवादी क्रान्तिको कार्यक्रम सुरु गर्नुपर्ने र नेपाली मोडलको समाजवादको खाकामा बहस केन्द्रित हुनुपर्ने बताउनुभयो ।
जनवादी क्रान्ति पूरा, अब समाजवादी क्रान्ति गरौँ- उपाध्यक्ष ज्ञवाली
नेकपा ९एमाले०का उपाध्यक्ष युवराज ज्ञवालीले नेपालमा कम्युनिष्ट पार्टीको सहभागितामा ठूला राजनीतिक परिवर्तन भएको जनाउँदै जनताको आकांक्षा पूरा गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । “आधारभूतरुपले जनवादी क्रान्ति पूरा भएको छ, अब समाजवादी क्रान्ति गर्नुपर्छ”, उहाँले भन्नुभयो, “आर्थिक, सामाजिक रुपान्तरण गर्दै समाजवादमा पुग्नुपर्छ ।”
‘दुनियाँ बदल्न सक्छौँ’ भन्ने कम्युनिष्ट पार्टी र नेताले आफूलाई बदल्न सक्नुपर्नेमा जोड दिँदै उपाध्यक्ष ज्ञवालीले कम्युनिष्टहरुले पार्टीभित्र क्रान्तिकारी र लोकतान्त्रिक चरित्र सँगसँगै देखाउनुपर्छ भन्नुभयो । समाजवादी कार्यक्रमलाई कार्यनीति वा रणनीति के बनाउने बहसको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीभित्र रुपान्तरण गर्दै श्रेष्ठता हासिल गर्ने अभ्यास गर्दै जाँदा पुनः कम्युनिष्टहरुबीच सुदृढ एकता कायम हुने विश्वास व्यक्त गर्नुभयो ।
पछाडि फर्कने होइन, अगाडि बढौँ – नेता वली
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता हेमन्तप्रकाश वलीले वामपन्थी राजनीतिक दलले सिद्धान्त बिर्सदा कम्युनिष्ट आन्दोलन बरालिएको टिप्पणी गर्नुभयो । “चुनावी राजनीति मात्रै गरेर हुँदैन, अब बृहद् समीक्षा गरौँ”, उहाँले भन्नुभयो ।
नेपालका प्रायः सबै वामपन्थी दलाल पूँजीवादका विरुद्ध सैद्धान्तिकरुपमा एक ठाउँमा भए पनि सहकार्य गर्न नसक्नु कमजोरी भएको उल्लेख गर्दै नेता ओलीले भन्नुभयो, “आजको कम्युनिष्ट आन्दोलनको गहिरो समीक्षा गरेर पछाडि फर्कने होइन, अगाडि बढ्ने बाटो तय गर्नुपर्छ, हामी वामपन्थी मिलेर गरेनौँ भने जनताबाट नयाँ शक्ति आउँछ ।”
नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले नेपालमा गणतन्त्र कम्युनिष्टकै कारण आएको उल्लेख गर्दै कम्युनिष्ट घटकहरुबीचको साझा मोर्चालाई अघि बढाउनुपर्ने बताउनुभयो । माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरलले नेकपाका संस्थापक कर्माचार्यको जीवनीबारे जानकारी दिँदै उहाँ सिद्धान्तनिष्ठ र मजदुर किसान वर्गप्रति प्रतिबद्ध नेताका रुपमा स्थापित हुनुभएको बताउनुभयो ।
–––