काठमाडौं, ११ कार्तिक । आज नेप्से परिसूचक ९.१९ अंक घटेर बन्द भएको छ।
आज नेप्से परिसूचक ९.१९ अंक घटेर २६१७.९५ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ४.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५२ अंक घटेको छ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार बिहिबार ५ अर्ब ४१ करोडको शेयर खरिदबिक्री भएको बजारमा आइतबार ३२० स्टकको ५६ हजार ६४६ पटकको कारोबारमा ४ अर्ब ७३ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज नेप्से घटेपनि चार स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रिभर फल्स पावर, माइ खोला हाइड्रोपावर र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
१३ उपसमूहमध्ये आइतबार ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ।
