काठमाडौं, २३ बैशाख । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमणबाट ५४ जनाको मृत्युको भएको छ ।
मृत्युको यो सँख्यासँगै अहिलेसम्म ३ हजार ५२९ जना सङ्क्रमितको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौबीस घण्टामा २० हजार ३६७ जनाको आरटीपीसीआर र ७७५ जनाको एन्टिजेन परीक्षण गर्दा ९०७० मा सङ्क्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो चौबीस घण्टामा थप सङ्क्रमितसँगै कुल सँख्या ३ लाख ६८ हजार ५८० पुगेको छ ।
यसैगरी अहिले ७२ हजार ५६१ जना सक्रिय सङ्क्रमण रहेका छन् ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा २ हजार ७०७ जना सङ्क्रमित विसेक भएको जनाएको छ । यससँगै अहिलेसम्म २ लाख ९२ हजार ४९० विसेक भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर