काठमाडौं, २० वैशाख । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमण (कोभिड१९)बाट ५५ जनाको मृत्यु भएको छ ।
यो संख्यासँगै अहिलेसम्म कोरोनाबाट ३४१७ जनाको मृत्यु भइसेकको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा थप ७६६० जना सङ्क्रमित पुष्टि भएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १६ हजार १३१जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो भने ५७१ जनाको एन्टीजेन परीक्षण गरिएको जनाएको छ ।
मन्त्रालयले जनाए अनुसार थप उक्त सँख्यासँगै अहिले कुल सङ्क्रमित ३ लाख ५१ हजार ००५ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा १७७५ सङ्क्रमित विसेक भएको छ । यससँगै २ लाख ८७ हजार ७९० जना विसेक भइसकेका छन् ।
यसैगरी पछिल्लो चौविस घण्टामा काठमाडौंमा मात्र २७७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने भक्तपुरमा ५१३ र ललितपुरमा ६०१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
