काठमाडौँ, ३० भदौः इन्जिनियरहरूको छाता संस्था नेपाल इन्जिनियर्स एशोसिएशनको अध्यक्षमा कांग्रेस निकट लोकतान्त्रिक समूहका सुवासचन्द्र बराल निर्वाचित हुनुभएको छ । गए राति सम्पन्न निर्वाचन परिणामअनुसार बरालले आफ्ना प्रतिद्वन्द्वी विष्णुप्रसाद पाण्डेलाई २०७२ मतले पराजित गर्नुभएको हो ।
निर्वाचनमा नेपाली कांग्रेस निकट लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) निकट वामपन्थी÷प्रगतिशील समूहबीच प्रतिस्पर्धा भएकामा लोकतान्त्रिक समूहले सबै पदमा जित हासिल गरेको हो ।
उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा विनोदप्रकाश पण्डित, उपमहासचिवमा अनिल मानन्धर, कोषाध्यक्षमा सुमन थापा र सहकोषाध्यक्षमा कृष्णप्रसाद पोखरेल निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
यसैगरी, सदस्यमा रामकृष्ण पौडेल, प्रभुराम पोखरेल, एमेन्द्र गुरुङ, अनिल पौडेल, सञ्जयकुमार शाह, नेत्रप्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी, विक्रमकुमार दास, प्रियङ्का गुप्ता र जयकिसुन राय निर्वाचित हुनुभएको छ ।
