दाङ, २८ भदौ -लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रकाे विकासकाे लागि व्यवसायीकरण र यान्त्रिकरण जरुरी रहेकाे बताउनु भएको छ । बिपि चिन्तन प्रतिष्ठान लुम्बिनी प्रदेशले दाङकाे लमहीमा आयाेजना गरेकाे नेपालमा कृषि क्रान्ति, सम्भावना र चुनाैती बिषय बिचार गाेष्टीमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले व्यवसायीक कृषिका लागि कार्यक्रमहरु अघि बढाएपनि युवा पुस्ता यस तर्फ आकर्षित हुन नसक्नु समस्याकाे रुपमा रहेकाे बताउनु भएको हाे । राजनीतिक दलहरुले अब स्वदेशमा नै अवसरहरुकाे सृजना गर्नेगरी नितिगत भूमिका बढाउनुपर्ने धारणा राख्नु भयाे ।`यहाँ उठेका बिषयहरुमा प्रदेश सरकारले काम गरेकाे छ । तर, युवाहरुले चासाे नदिदा प्रभावकारी हुन सकेन´उहले भन्नुभयाे-`मुलुककाे विकासकाे लागि दुई ठूला राजनीतिक दलहरु विचकाे सहकार्यले राजनितीक स्थायित्व दिन्छ । यसबाट युवालाई कृषिमा आकर्षित गर्न सकिन्छ ।´

प्रदेश सरकारले कृषि क्षेत्रकाे विकास गर्न नव प्रवर्तनका याेजनाहरु अघि बढाएको जानकारी दिनुभयाे । कृषिलाई उद्यम र उद्योगकाे रुपमा विकास गर्न नव प्रवर्तन कार्यक्रमहरु अघि बढाएको जानकारी दिनुभयाे । लुम्बिनी प्रदेश कृषि उत्पादनकाे दृष्टिकोणले प्रचुर सम्भावना रहेकाे बताउदै उहाँले तीन वटा भूगोललाई जाेडेर अघि बढ्ने याेजना सुनाउनु भयाे ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले अब राजनीतिक दलहरुले युवालाई स्वदेशमा उद्यम गर्न प्रेरित गर्नुपर्ने र साेही अनुसार कार्यक्रम निर्माण गर्ने बताउनु भयाे ।मुक्तिनाथ कृषि कम्पनी लि लुम्बिनी प्रदेशका प्रमुख निर्मल भुसालले कृषिलाई बैज्ञानिक र सांस्कृतिक रुपमा बुझ्नुपर्ने बताउनु भयाे । सरकारले नीति नियम बनाएपनि त्यसकाे प्रभावकारी कार्यान्वयन हुन नसकेकाे, सहकारीले बचत तथा ऋण परिचालनमा मात्रै ध्यान दिदा कृषि क्षेत्र फस्टाउन नसकेकाेमा सरकारकाे ध्यानाकर्षण गराउनु भयाे ।`कृषिमा उत्पादन शैली परिवर्तन गर्न नसक्दा बजारमा माग एकथरी छ, उत्पादन अर्काे थरि भएको छ´उहाँले भन्नुभयाे-`बजार अनुसार उत्पादन बढाउन जरुरी छ ।

´कृषि क्षेत्रमा लगानी अनुसार पूर्वाधार विकासमा ध्यान दिनुपर्ने, तीन तहका सरकारले कृषिलाई प्राथमिकता दिनुपर्नेर भूउपयाेग नीति निर्माण गरेर जग्गाकाे चक्लाबन्दि, कृषि पर्यटनकाे सम्भावनाकाे विकास गर्न अग्रसर हुनुपर्ने बताउनु भयाे ।बजार र माग विचकाे असन्तुलन हटाउ सरकारले याेजना निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने बताउनु भयाे ।`स्थानीय सम्भावना प्रचुर छ । कृषिमा युवा आकर्षण बढाउन जरुरी छ´उहाँले भन्नुभयाे-`कृषिमा संस्थागत मूल्य श्रृङखला बढाउनुपर्छ । एकीकृत नीतिकाे अभाव छ । यसकाे परिपुर्ति गर्न जरुरी छ ।´ कृषिकाे उत्पादन देखि बजारीकरण सम्म संस्थागत संरचनाकाे विकास गर्न सकिने, जसका लागि संघ सरकारले नीति नियम बनाउने, प्रदेश सरकारले उद्योग स्थापना गर्ने, स्थानीय सरकारले उत्पादन र बजारीकरणमा सहयाेग पुर्‍याउनेगरि कार्यक्रम बनाउनुपर्ने सुझाव दिनुभयाे ।

कृषि स्राेत केन्द्र, कृषि प्रशाेधन केन्द्र, कृषि व्यवसाय परामर्श केन्द्र, कृषि बजार केन्द्र स्थापना गरेर कृषिमा आमूल परिवर्तन गर्न सकिनेमा जाेड छ । युवा उद्यमशिलाताकाे विकास गरेर दिगाे कृषि चक्रकाे लागि खाद्य साक्षरता अभियान चलाउनुपर्नेमा ध्यान दिन आग्रह गरिएको छ ।

बिपि चिन्तन प्रतिष्ठानका सह अध्यक्ष पुष्प परजुलीले  कृषीको आधुनिकीकरण्ले मात्र देशको संमृद्दि हुने बताउनु भयो।

महेश अधिकारीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा अगुवा किसान लगायत बुद्धिजीवीहरुकाे सहभागीता रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर