पोखरा, २५ भदौ । कास्कीका ७२ वटै वडामा एकै दिन एउटै समयमा पार्टीको क्रियाशिल सदस्यता वितरण अभियान अन्तर्गत मादी गाउँपालिका वडा नं १२ मा आज क्रियाशिल सदस्यता वितरण गरिएको छ ।

नेपाली काँग्रेस कास्कीले उक्त वडामा सदस्यता वितरणका लागि नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य एवम प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालको संयोजकत्वमा पाँच सदस्यीय प्रतिनिधि खटाएको थियो ।

१११ औं विपी जयन्ती समेतको अवसर पारी आयोजित कार्यक्रममा सदस्यता वितरण गर्दै प्रमुख अतिथि एवम् गण्डकी प्रदेश प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालले गाउँगाउँका इमान्दार कार्यकर्ताले नै पार्टीको गरिमालाई बचाइरहेको बताउनु भयो । विपीका आदर्शलाई आत्मसात गर्र्दै अघि बढ्न सकेमा मात्रै काँग्रेसले आफ्नो गरिमालाई जोगाउँदै समाज र राष्ट्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने उहाँले बताउनु भयो। उक्त अवसरमा नेता बरालले विपीको जीवनी, व्यक्तित्व र कृतित्व लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

जिल्ला प्रतिनिधि एवम् नेपाल शिक्षक संघ कास्कीका पूर्व अध्यक्ष मित्रलाल सापकोटाले विपीले देखाएको बाटोलाई विर्सन नहुनेमा जोड दिदै तल्लो तहको कार्यकर्ताको इमान्दारिता र क्रियाशिलताले नै पार्टी संगठन जोगाएको धारणा राख्नुुभयो ।जिल्ला प्रतिनिधि एवम् नेपाल किसान महासंघ कास्की क्षेत्र नं १ का सभापति धनेश्वर न्यौपानेले समाजको तल्लो तहका कार्यकर्ताको भावनालाई नेतृत्वले आत्मसात गर्न सक्नुुपर्नेमा जोड दिनुुभयो ।

जिल्ला प्रतिनिधि एवम् नेपाली काँग्रेस मादी गाउँपालिकाका उपसभापति कृष्णचन्द्र बरालले देशै भरी एकै दिन एउटै समयमा क्रियाशिल सदस्यता वितरण भैरहेको बताउँदै प्रत्येक सदस्यले इमान्दारिता र जिम्मेवारिताका साथ पार्टी संगठनलाई बलियो बनाउन लाग्नुुपर्ने आवश्यकता औंल्याउनुुभयो ।

कार्यक्रमका सभापति एवम् नेपाली काँग्रेस मादी गाउँपालिका वडा नं १२ का सभापति महेन्द्रप्रसाद पौडेलले वडाको पार्टी संगठनका गतिविधि बारे जानकारी गराउनुुभयो । स्थानीय तहमा क्रियाशिल कार्यकर्ताको भावनालाई पार्टीले आत्मसात गर्नुुपर्नेमा उहाँले जोड दिनुुभयो । कार्यक्रममा तुलसी आचार्य, गणेश बहादुर पतनी, शम्भुराज अधिकारी, नारायणी पौडेल, डिल्लीराज गिरी(दिनेश), जंगबहादुुर रानाभाट लगायतले तल्लो तहका कार्यकर्ताको भावनालाई बुुझ्न नेतृत्वलाई आग्रह गर्नुुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर