काठमाडौ,१८ वैशाख । पछिल्लो चौविसघण्टामा कोरोना भाइरस संक्रमण(कोभिड१९)बाट १९ जनाको मृत्यु भएको छ ।
यससँगै संक्रमणबाट मृत्युहुनेको कुल सँख्या ३२९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा १४४०३ जनाको आरटी पिसिआर र एन्टिजेन विधिबाट ५६६ जनाको परिक्षण गर्दा थप ५७६३ जनामा कोरोना संक्रमण पुष्टिभएको मन्त्रालयले जनाएको छ ।
यससँगै संक्रमितको कुल संख्या ३ लाख २८ हजार ८९३ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा कोरोना संक्रमणबाट विसेक हुने सँख्या १२८७ रहेको छ भने यससँगै विसेक हुने कुल सँख्या २लाख ८२ हजार ३८२ पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले सक्रिय संक्रमितको संख्या ४३२१३ पुगेको छ ।
