काठमाडौं, १७ वैशाख । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमण(कोभिड१९)बाट ३३ जनाको मृत्यु भएको छ ।

यससँगै अहिलेसम्म सङ्क्रमणबाट ३२७९ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो चौविस घण्टामा १५ हजार ३९१ जनाको आरटीपीसीआर परीक्षण गर्दा ५६५७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो चौबीस घण्टामा ५२५ जनाको एन्टीजेन परीक्षण गर्दा ७० जनामा पोजेटिभ पाइएको छ ।

थप सङ्क्रमितसँगै अहिले कुल सङ्क्रमितको सङ्ख्या ३ लाख २३ हजार १८७ पुगेको जनाइएको छ ।
मन्त्रालयका अनुसार अहिले ३८ हजार ८१३ जनामा सक्रिय सङ्क्रमण रहेको छ ।

सैगरी मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ९२८ जना सङ्क्रमित विसेक भएको जनाएको छ भने यस संख्यासँगै २ लाख ८१ हजार ९५ जना संक्रमित विसेक भइसकेका छन् ।

अहिले ३८ हजार ८१३ जना आइसोलेशनमा र ५५ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर