काठमाडौं– झण्डै तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले ओलम्पिया वर्ल्ड स्कूलका सञ्चालक शिरिष खड्का र सुरेन्द्र महर्जनलाई शनिबार काठमाडौंबाट पक्राउ गरेको छ ।

उनीहरुमाथि कोटेश्वरमा रहेको दुई रोपनी १४ आना जग्गा बिक्रीका लागि दुई करोड ७५ लाख बैना लिएर जग्गा नदिई रकम ठगी गरेको आरोप छ । उनीहरुले बैना रकमसमेत फिर्ता नगरेको भन्दै परेको उजुरीका आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिएका छन् ।

उक्त जग्गा अन्य बैंकमा रोक्का रहेको अवस्थामा ठगी गर्ने उद्देश्यले नै बैना गरेको पाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । उनीहरुविरुद्ध गत वर्षको फागुनमै उजुरी परे पनि आवश्यक अनुसन्धान प्रक्रिया पूरा गरी शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्न रहेका अन्य चारजना फरार रहेको र उनीहरुको खोजी जारी रहेको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर