
काठमाडौँ, २४ असार । गीत संगीतको दुनियाँमा जम्दै गरेका भुवन के पोखरेलको अभिनयमा आधारित सिरसिर पिपल पातले बोलको लोक गित सार्वजनिक भएको छ । गायक सुरेश परियार र सम्झना गुरुङ को स्वरमा रहेको यस गीतको लय तथा शब्द मनोहर भण्डारी हो भने एरेन्ज जय देवकोटाले गरेका हुन,उक्त गीतको म्युजिक भिडियो मनोहर भण्डारी अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ। यस गीतमा चर्चित मोडल तथा कलाकार भुवन के पोखरेल र लोकप्रिय मोडल पबित्रा साकि ९मिस पबि०को दमदार अभिनय देख्न सकिन्छ ।
माया प्रेम ले भरिएको यस गीत निकै मार्मिक तथा मर्मस्पर्सी रहेको यस गीतका मोडल भुवन के पोखरेलको भनाइ रहेको छ । यस गीतका मोडल पछिल्लो पटक चर्चामा रहेको “ख्याल ठट्टा“ नामक टेलि सिरियल मा सालो को भुमिकामा अभिनय गर्ने चर्चित कलाकार हुन ।
भुवनले अहिलेसम्म दुईदर्जन बढी म्युजिक भिडियो तथा बिभिन्न लोकप्रिय टेलिसिरियलहरुमा काम गर्दै आइरहेका छन । गितको प्रतिक्रिया कस्तो पाउनुभएको छ भन्ने पत्रकारको प्रश्नमा मोडल भुवन के पोखरेलले भने यो गीत अहिलेका युवा युवती को माया प्रेम पोखिएको गीत हो । निकै मीठो लयमा बनेको यस गीतले दर्शकको मन जित्नेमा आफू ढुक्क रहेको बताएका छन ।