काठमाण्डौं, १९ असार  । नेकपा एमालेले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्नो पार्टीका मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएको छ ।

पार्टीको निर्णय र निर्देश अनुसार एमालेका मन्त्रीहरू सबैले आज बुधबार साँझ राजिनामा दिएका हुन् ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार एमाले ‘राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि भएको काँग्रेससित भएको सहमतिअनुसार त्यसका लागि मार्गप्रशस्त गर्न एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

गत सोमबार राति नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष के पी ओलीबीच मिलेर सरकार बनाउने सहमति भएको थियो ।

त्यसपछि काँग्रेस र एमालेका यी दुबै नेताले प्रधानमन्त्री प्रचण्डलाई राजिनामा दिइ अर्को सरकार बन्ने बाटो खुला गरिदिन आग्रह गरेका थिए ।

तर प्रधानमन्त्री प्रचण्डले राजिनामा नदिने भएपछि एमालेले यो सरकारलाई दिएको समर्थन फिर्ता लिएर आफ्नो पार्टीको तर्फबाट मन्त्री बनेका नेताहरूलाई राजिनामा दिन लगाएको हो ।

प्रचण्ड नेतृत्वको बर्तमान सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित ८ जना सहभागी थिए ।

सत्ताको मुख्य घटक नेकपा एमले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा पर्नुभएको छ । अब उहाँसित राजनीतिक चरित्र निर्वाह गर्दै तत्कालै राजिनामा दिने वा संविधानको सुविधा लिएर संसदमा विश्वासको मत लिन्छु भनेर सत्ता परिवर्तनको समय लम्ब्याउने यही मात्र विकल्प छ ।

प्रतिक्रिया

सम्बन्धित खवर