काठमाण्डौ, १५ असार ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका थप दुइ जना पक्राउमा परेका छन् । पक्राउमा पर्नेहरू प्रतीक थापा र बेचन झा रहेका छन् ।

यी दुबै जनालाई प्रहरीले हिजो शुक्रबार साँझ पक्राउ गरेको हो । दुबै जना फरार थिए ।

प्रतीक थापा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा हुन्  । उनलाई निजकै आवास बौद्धबाट पक्राउ गरेको  प्रहरीले जनाएको छ ।

पक्राउ परेका यौ दुबैमाथि नक्कली भुटानी शरणार्थी  प्रकरणका बिचौलियाहरूलाई  गृहमन्त्री, सचिव लगायतसँग भेट गराइदिन मध्यस्थकर्ताको रूपमा भूमिका खेलेको आरोप छ ।

यिनीहरु दुवैजना विरुद्ध आइतबार म्याद थप गर्ने प्रहरीको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर