गुल्मी, १५  असार । गुल्मीमा पहिरोले घर पुरिंदा पाँच जनाको मृत्यु भएको छ ।

स्थनीय मालिका गाउँपालिका–६ कडेल पाटामा भेषबहादुर कामीको घर पहिरोले पुर्दा निजको परिवारका ५ जनाको मृत्यु भएको  हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा ५५ वर्षीय भेषबहादुर, ४८ वर्षीया श्रीमती सुन्तली कामी, बुहारी २६ वर्षकी सीता बिक, नातिनीहरू ८ वर्षकी सपना बिक र ८ महिनाको बिपना बिक रहेका छन्  ।

पहिरोले भेषबहादुरको  दुई तले घर पुरेको थियो ।  पहिरोले घर पुिरएको जानकारी शनिबार बिहान ७ बजे मात्रै भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर