काठमाडौं, १४ बैशाख । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमण(कोभिड१९)बाट १८ जनाको मृत्यु भएको छ ।
यससँगै अहिलेसम्म ३१९४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौबीस घण्टामा १४ हजार ६७२ जनाको आरटी पीसीआर परीक्षण गर्दा ४३६४ जनामा सङ्क्रमणको पुष्टि भएको जनाइएको छ ।पछिल्लो चौबीस घण्टामा १००९ जनाको एन्टीजेन परीक्षण गर्दा १६० जनामा पोजिटिभ पाइएको छ ।
यस संख्यासँगै कुल सङ्क्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ ।
अहिले २६ हजार २२५ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५५५ जना सङ्क्रमित विसेक भएका छन् ।
अहिलेसम्म विसेक संक्रमित संख्या २ लाख ७८ हजार ५०६ जना पुगेको छ ।
