काठमाडौ, १४ वैशाख, । कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि यसको रोकथामका लागि कैलाली, पर्सा र वैशाख १६ गतेदेखि २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ भने रुपन्देहीमा २९ गतेसम्म निषेधाज्ञा गरिएको छ ।
सो निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द गरिने जनाइएको छ ।
मन्त्रिपरिषदको हिजो वसेको बैठकले पहाडमा २०० र तराईमा ५०० बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको थियो ।
