काठमाडौ,१४ वैशाख । पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल शाहको नर्भिक अस्पतालमा अक्सिजनको सपोर्टमा उपचार भइरहेको छ ।
केही दिन होम आइसोलेसनमा रहनु भएपछि उहाँहरुलाई वैशाख १ गते कोरोना संक्रमण भएपछि सो अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालले आज जारी गरेको सूचनाअनुसार उहाँहरुमा श्वासप्रश्वासको समस्या जटिल नबनोस् भनेर अक्सिजनको सपोर्टमा उपचार गरिएको हो ।

उहाँहरुसँगै अस्पताल भर्ना हुनु भएकी पूर्वअधिराजकुमारी प्रेरणा शाहलाई भनेअक्सिजनको सपोर्ट दिनु नपरेको अस्पतालले जनाएको छ ।
तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर