काठमाडौँ, ३ असार । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले सात बुँदे माग राखेर गरेको आन्दोलन स्थगित गरेका छन्।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार नेपाल आयल निगमसहित भएको छलफलमा ती माग बारे अध्ययन गर्न एक समिति बनाउने निर्णय भएपछि उक्त आन्दोलन स्थगित भएको हो।

संघले सोमबारबाट डिजेल, पेट्रोल ढुवानी सुरु गर्ने जानकारी नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका भट्टले दिनुभयो ।
दुई हप्ता भित्र समस्या समाधान गर्ने गरी सहमति भएको छ।
आइतबारदेखि उपत्यकामा डिजेल र पेट्रोलको अभाव भएको थियो।

संघले श्रम ऐन अनुसार नियुक्ति दिई नेपाल सरकारले तोके अनुसारको तलव व्यवस्था गर्नुपर्ने, स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्नुपर्ने, तापक्रमको सही व्यवस्थापन गर्नुपर्ने लगायतका माग अघि सारेका छन्।

त्यसैगरी, सामाजिक सुरक्षा कोषमा आवद्धताको व्यवस्था गरिनुपर्ने, ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गर्नुपर्ने, चालक तथा सहचालकलाई जोखिम भत्ताको व्यवस्थापन गर्नुपर्ने, चालक तथा सहचालकको प्रत्येक तीन महिनामा सुरक्षा सतर्कता सम्बन्धी तालिम व्यवस्थापन गर्नुपर्ने माग राखेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर