
गण्डकी, ३२ जेठः गण्डकी प्रदेशसभा सदस्य फणिन्द्र देवकोटा पदमुक्त हुनुुभएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा सभामुख कृष्णप्रसाद धितालले देवकोटा पदमुक्त भएको सूचना प्रदेशसभामा जानकारी गराउनुुभएको हो ।
नेपाल समाजवादी पार्टी (नेसपा)का देवकोटाले गोरखा २ (क) मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को चुनाव चिह्नबाट निर्वाचनमा भाग लिई प्रदेशसभा सदस्यमा विजयी बन्नुुभएको थियो ।
उहाँले माओवादी केन्द्र संसदीय दलको ह्वीप उल्लङ्घन गर्दै यही जेठ २८ गते प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिनुुभएको थियो । ह्वीप उल्लङ्घन गरेको भन्दै माओवादी केन्द्र उहाँलाई कारबाही गरी सभामुखलाई पत्र दिएको थियो ।
विश्वासको मत पाएको भोलिपल्ट नै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले देवकोटालाई ऊर्जामन्त्री नियुक्त गर्नुुभएको थियो ।
निलम्बनमा परेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै देवकोटाले कारबाहीविरुद्ध सर्वोच्च जान कागजात तयार गरिरहेको उहाँले बताउनुभयो । देवकोटाले माओवादीको कारबाहीले आफू आश्चर्यमा परेको बताउर्दै सबै खालको प्रतिवाद गर्ने पनि चेतावनी दिनुभयो ।