काठमाडौं, १२ बैशाख । पछिल्लो चौबीस घण्टामा ९२९२ जनाको आरटी पीसीआर परीक्षण गर्दा थप ३०३२ जनामा कोरोना भाइरस सङ्क्रमण (कोभिड१९) पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै सङ्क्रमितको कुल संख्या ३ लाख ११९ जना रहेको जनाइएको छ ।
सो सँख्या मध्ये काठमाडौं उपत्यकामा मात्र १४९८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सो मध्ये काठमाडौंमा ११३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ जना रहेका छन् ।
पछिल्लो चौबीस घण्टामा ७८६ जनाको एन्टीजेन परीक्षण गर्दा ९० जनामा पोजिटिभ पाइएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४५० जना सङ्क्रमित विसेक भएका छन् । यससँगै विसेक हुने सँख्या २ लाख ७७ हजार ५७३ पुगेको छ ।
मन्त्रालयले अहिलेसम्म १९ हजार ३८२ जनामा सक्रिय सङ्क्रमण रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर