तेहरान, ७ जेठ । इरानी राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन्।

इरानको उत्तरपश्चिमी क्षेत्रमा आइतवार भएको दुर्घटनामा राष्ट्रपतिसँगै विदेशमन्त्री र अन्य धेरैको मृत्यु भएको बताइएको छ।

इरानी उत्तरपश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त इरानी राष्ट्रपति इब्राहिम राइसी चढेको हेलिकोप्टर सोमबार विहान भेटिएको छ ।

हेलिकप्टरमा अहिलेसम्म जीवनको कुनै सङ्केत फेला नपरेको इरानको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

आइतबार पूर्वी अजरबैजान प्रान्तको आकाशबाट उहाँ र विदेशमन्त्री हुसेन अमिर अब्दोल्लाहियानसहित अन्य व्यक्तिसँगको सम्पर्क टुटेको थियो ।

विमान हराएको करिब १५ घण्टापछि  “हेलिकप्टर फेला परेको छ ।”

इरानको रेड क्रिसेन्टका प्रमुख पिरहुसेन कूलिभान्डले भन्नुभयो, “विमानलाई फेला पारेपछि उद्धार टोली घटनास्थलतर्फ गइरहेको छ ।”

उहाँले भन्नुभयो, “हेलिकप्टर फेला परेको छ । अब हामी हेलिकप्टरतर्फ अघि बढिरहेका छौं,” कुलिभान्डले भन्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले हेलिकप्टर देखिरहेका छौँ । स्थिति राम्रो छैन ।” इरानी सञ्चारमाध्यम फार्सलगायत इरानी सञ्चारमाध्यमले हेलिकप्टरको भग्नावशेषको ड्रोन तस्वीर सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर