काठमाडौं,११ बैशाख । पछिल्लो चौविस घण्टामा कोरोनाभाइरस संक्रमण(कोभिड१९)बाट १४ जनाको मृत्यु भएको छ ।
यससँगै मृतकको कुल संख्या ३१३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौविस घण्टामा थप २६१९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा २६१९ जनामा संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट ७ हजार ५२५ जनामा परीक्षण गर्दा २४८६ र एन्टिजेन विधिबाट ११४८ जनामा परीक्षण गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।
सोही समयावधिमा ३६८ जना संक्रमित विसेक भएका छन् ।
यससँगै विसेक हुनेका कुल संख्या २ लाख ७७ हजार १२३ पुगेको छ ।
अहिले सक्रिय संक्रमितको संख्या १६ हजार ८२८ पुगेको मन्त्रालयले जनाएको छ ।
