काठमाण्डौं, ११ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको आज शनिबार बिहान उद्घाटन गर्नुभएको छ ।

स्थानीय सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उदघाटन गर्नुभएको हो ।

प्रम ओलीले बिहानको ११.११ बजेको शुभ साइतमा धरहराको शिलालेख अनावरण गरेर उद्घाटन गर्नुभएको भयो । तत् पश्चात् धरहराको बीसौं तलामा रहेको बरण्डमा गएर प्रमले काठमाडौं उपत्यकाको दृष्यावलोकन र पुष्प वृष्टिसमेत गर्नुभएको थियो ।

पुनर्निमित धरहरा बाहिर पुरानै डिजाइनको छ । हेर्दा ११ तलाजस्तो देखिन्छ तर यो २२ तलाको छ । यसको अग्लाइ जमिनबाट ८३.८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

भीमसेन स्तम्भको नामलेसमेत जानिने धरहरा २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । त्यो क्षतिग्रत धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । यसको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गर्नुभएको थियो ।

तत्कालीन प्रधानमन्त्री भिमसेन थापाले महारानी ललित त्रिपुरा सुन्दरीको सम्झनामा  विक्रम संवत् १८८२ मा धरहरा बनाउन लगाउनु भएको हो ।

त्यो पुरानो धरहरा ११ तलाको थियो । १९९० सालको भुइँचालोले भत्काएपछि ९ तला मात्र राखी जीर्णोद्धार गरिएको थियो । जीर्णोद्धार तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमसेरले गराउनु भएको थियो ।

२०७२ साल वैशाख १२ को भूकम्पले भत्किएर बाँकी रहेको धरहराको तल्लो भाग यथास्थान संरक्षण गरेर राखिएको छ ।

पुनर्निमित धरहराको आज उदघाटन गरिए पनि पुनर्निर्माणको सबै काम सम्पन्न भइसकेका छैनन् । पार्किङ क्षेत्र, बगैंचालगायतको काम जारी छ । त्यसैले धरहरा अवलोकन सर्बसाधारणलाई खुला गरिएको छैन ।

यो धरहरामा भित्र दुईवटा लिफ्ट र एउटा फलामे भर्‍याङ राखिएको छ । ०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ८ हजार बढीको मृत्यु भएको थियो भने हजारौं भौतिक संरचनामा क्षति पुगेको थियो ।धरहरामा मात्रै ६० जनाको निधन भएको थियो ।

धरहरा पुर्निर्माणमा रु ३ करोड ४८ लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर