काठमाण्डौं, १० बैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल/खनाल पक्षका एकजना नेता पनि नराखी स्थायी कमिटि बनाउनुभएको छ ।

आज शुक्रबार प्रम निबास वालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकबाट ओलीले त्यस्तो एकपक्षीय कमिटि बनाउनुभएको हो ।

यो कमिटि नयाँ हो । ओलीले गत फागुन २८ को बैठकबाट पहिलेको स्थायी कमिटि भंग गराउनुभएको थियो ।

पहिलेको कमिटिमा माधव नेपाल, झलनाथ खनाल अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई,गोकर्ण विष्ट, भीम आचार्य, युवराज ज्ञवाली र मुकुन्द न्यौपाने पनि सदस्य थिए। यो नयाँ कमिटिमा यी कोही नेता पनि परेका छैनन् ।

तर प्रचण्डको माओवादी पार्टीबाट हालै आएकाहरू भने परेका छन् ।

आजको यो निर्णयबाट ओली नेपाल/खनाल पक्षलाई पेलेरै अघि बढ्ने सुरमा देखिनुभएको छ । ओली आफैले नेपाललाई बोलाएर यही बुध र बिहीबार सहमतिको लागि भनेर गरेको वार्ता अब अर्थहीन नाटक सावित भएको छ ।

नव गठित नेकपा एमालेको स्थायी कमिटिमा केपी शर्मा ओली, बामदेब गौतम, ईश्वर पोख्रेल, रामबहादुर थापा ‘बादल’, बिष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोख्रेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, सत्यनारायण मण्डल, बिष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरूङ, रघुबीर महाशेठ, किरण गुरूङ, केशब बडाल र पुष्पराज कँडेल मात्र रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर