महोत्तरी १२, वैशाख । महोत्तरीको मटिहानी नगरपालिका ६ स्थित जरलहवा गाछीमा भएको आगलागीबाट करिब १ सय भन्दा बढी घर जलेको छ ।
मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलका अनुसार उक्त आगलागीमा अहिले पनि करिव ५० घरमा आगलागी भइरहेको छ ।
उहाँका अनुसार आगो निभाउनका लागि मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको वारुणयन्त्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारीलगायतले प्रयास गरिरहेका छन् ।
