काठमाडौँ, ९ वैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आगामी मङ्गलबार नेपालको दुईदिने औपचारिक भ्रमण गर्नुहुने भएको छ ।

नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीका अनुसार उहाँ एसियाली मुलुकको औपचारिक भ्रमणका क्रममा उहाँले फिलिपिन्स, बङ्गलादेश र नेपालको भ्रमण गर्नुहुने छ ।

कतारका अमिरबाट पहिलोपटक यो भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर