काठमाण्डौं, ६ वैशाख । इङ्लिस क्लब म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको छ । स्पेनिस क्लब रियल मड्रिडसँगको गए रातिको खेल हारेपछि सिटी बाहिरिएको हो ।

गए राति भएको क्वाटर फाइनलको दोस्रो लेगमा रियलले सिटीलाई पेनाल्टी प्रहारमा ४-३ ले पराजित गरेको थियो ।

दुई लेगको खेल समग्रमा ४-४ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी प्रहारबाट भएको थियो ।

यसअघि रियलको मैदानमा भएको पहिलो लेग ३-३ को बराबरीमा सकिएको थियो भने गएराति सिटीको मैदानमा भएको दोस्रो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो ।

रियलका लागि रोड्रिगोले १२औं मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि ७६औं मिनेटमा सिटीका केभिन डे ब्रुएनाले बराबरी गोल गरेका थिए ।

त्यसपछि ३० मिनेटको अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल भएन र खेल पेनाल्टी प्रहारमा पुगेको थियो ।

पेनाल्टी प्रहारमा रियलका गोल्की लुनिनले सिटीका बर्नार्डो शिल्भा र माटेयो कोभासिसको पेनाल्टी प्रहार बचाएका थिए ।

रियलका लुका मोडरिचले हानेको पहिलो पेनाल्टी प्रहार सिटीका गोलकिपर एडरसनले रोकेका थिए । तर त्यसपछि रियलका जुड बेलिङ्घहम, लुकास भजक्वेज, नाचो फर्नान्डेज र एन्टोनी रुडिगरका पेनाल्टी प्रहार उनले राक्न सकेनन् ।

सो पेनाल्टी प्रहारमा सिटीका जुलियन अल्भारेज, फिल फोडेन र एडरसन मात्र गोल गर्न सफल भए ।

रियलले अब सेमिफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग खेल्नेछ ।

बायर्न दोस्रो लेगमा आर्सनललाई १-० ले पराजित गर्दै समग्रमा ३-२ को जित निकालेकालेर सेमिफाइनलमा पुगेको छ ।

त्यसैगरी उता फ्रान्सको पिएसजी र जर्मनको डर्टमुन्ड सेमिफाइनलमा पुगेका छन् । पीएसजीले बार्सिलोना र डर्टमुन्डले एट्लिकोलाई समग्रमा  ६-४ र ५-४ ले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान बनाएका हुन् ।

सेमिफाइनलमा पुगेका बायर्नल-पीएसजी, डर्टमुन्ड-रियल यी चार टिमबीचको भिडन्त पहिलो लेग यही अप्रिल ३० र दोस्रो लेग मे ७ मा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर