काठमाडौं, ९ वैशाख । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको सङ्ख्या ३११७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौबीस घण्टामा दश हजार एकवटा आरटी पीसीआर परीक्षण गर्दा २३६५ जनामा कोरोना पुष्टि भएको छ । यस्तै, ४४७ जनाको एन्टीजेन परीक्षणमा ६३ जनामा कोरोना सङ्क्रमितको पहिचान भएको छ ।
अहिले १२ हजार ६९० जनामा सक्रिय सङ्क्रमण रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २५२ जना सङ्क्रमित विसेक भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर