कठमाडौ, २७ चैत । साहित्यकार मुकुन्द पौडेलको मुक्तक संग्रह मन मूर्छनाको शुक्रवार यहाँ एक समारोह वीच लोकार्पण गरिएको छ ।
सो समारोहको प्रमुख अतिथि शताव्दी पुरुष डा. गौरीशंकर लाल दाश हुनुहुन्थ्यो भने पुस्तकको लोकार्पण डा. दाशले गर्नुभएको थियो ।
समारोहमा प्रमुख अतिथि दाशलाई सम्मान गरिएको थियो । समारोहमा पुस्तकको समीक्षा साहित्यकार धनेन्द्र ओझा र केदारनाथ खनालले गर्नुभएको थियो ।
वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोतम दाहालको सभापतित्वमा भएको लोकार्पण समारोहमा साहित्यकार एसपी कोइराला,कवि एवं कलाकार रमेश पौडेल, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, वरिष्ठ पत्रकार दाहाल र लेखक पौडेल लगायतले संग्रहको बारेमा प्रकाश पार्नु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर