कर्णाली, १९ चैत : सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसारमा कर्णालीमा नेकपा (एमाल)ले मुख्यमन्त्रीको पद पाउने भएको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका ईञ्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको हो । सत्ता गठबन्धनको केन्द्रीय सहमतिअनुसार पहिलो चरणमा एमालेलाई दिने निर्णय बमोजिम परिपत्रसमेत आएको इञ्चार्ज मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो, “केन्द्रले गरेको सहमतिलाई प्रदेशले मान्नैपर्ने हुन्छ । शीर्ष नेतृत्व बसेर गरेको निर्णय अनुसार गठबन्धन दलकै प्रदेशमा सरकार निर्माण हुन्छ ।” मुख्यमन्त्री राजकुमार शर्माले मङ्गलबार विश्वासको मत लिने गरी प्रदेशसभा सचिवालयमा आज पत्र दर्ता गराइसक्नुभएको थियो । कर्णाली एमालेको भागमा पारेपछि माओवादी प्रदेश तहका नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।मुख्यमन्त्री शर्माले विश्वासको मत लिने तयारी गरिरहेका बेला विपरीत निर्णय आएपछि अब कर्णालीमा के हुने भन्नेमा अन्योलता सृजना भएको छ ।   केन्द्रीय गठबन्धन अनुसार एमालेको नेतृत्वमा सरकार बनेको खण्डमा मुख्यमन्त्री यामलाल कँडेल बन्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर