काठमाडौं, ८ बैशाख । पछिल्लो चौबीस घण्टामा ८८४४ जनाको आरटी पीसीआर परीक्षण गर्दा २२२० जनामा कोरोना भाइरस संक्रमण (कोभिड१९) र एन्टीजेन परीक्षणमा १३१ जनामा पोजिटिभ परिणाम पुष्टि भएको छ ।
सो संख्यामध्ये उपत्यकामा मात्र १०५१ जना सङ्क्रमित पहिचान भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिले १० हजार ५८२ जनामा सक्रिय सङ्क्रमण रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २८७ जना सङ्क्रमित विसेक भएका छन् ।
