भेरीगङ्गा ९सुर्खेत०, १२ चैत स् नेकपा ९एमाले० सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित हुनुभएको छ ।

नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । यस्तै उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव ९खुला० मा टिकाराम सोमै निर्वाचित हुनुभएको नेकपा ९एमाले० सुर्खेतले जनाएको छ ।

यसैगरी महिला ९सचिव० मा सुशीला विश्वकर्मा निर्वाचित हुनुभएको छ । सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर