काठमाडौँ, ८ वैशाख । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।
पार्टीको आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभएको छ ।
बैठकले कोभिड–१९ को संक्रमण विरुद्धको जनचेतना अभियान संचालन गर्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।
बैठकले पार्टी विधान संशोधन कार्यदलले हिजो पेस गरेको विधान मस्यौदामाथि नेताहरुको सुझावलाई समेत ध्यानमा राखेर त्यसलाई अन्तिम मस्यौदाको रुपमा केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरेको छ भने आगामी बैठकमा संगठनात्मक कार्ययोजना र अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन पेस गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता श्रेष्ठले वताउनुभयो ।
