काठमाडौँ, २६ फागुन । नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ ।
सभापति शेरबहादुर देउवाले आज राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टीका पूर्वमहामन्त्री एवं राष्ट्रियसभा सदस्य सिटौलालाई मनोनयन गर्नुभएको हो ।
सभापति देउवाले उहाँलाई कांग्रेस संसदीय दलको विधान ९संशोधन तथा परिमार्जनसहित, २०७४० को धारा १२ को उपधारा ९१० बमोजिम राष्ट्रियसभा संसदीय दलको नेता पदमा मनोनयन गर्नुभएको कांग्रेसको संसदीय दलको नेताका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।
–––
