काठमाडौँ, ६ वैशाख  ।  विपी विचार राष्ट्रिय समाजको पदाधिकारी एवम् सदस्य मनोनीत गरिएको छ । समाजका सभापति कुलबहादुर गुरुङले समाजको विधान २०७१ र २०७६ को (संशोधन एवम् परिमार्जन सहित)को धारा १३ (२) अनुसार विधानको परिधिभित्र रहेर आज पदाधिकारी एवम् सदस्य मनोनीत गर्नुभएको हो ।

गुरुङले सहसभापतिमा गोविन्दराज जोशी, महासचिवमा विनयध्वज चन्द, उपमहासचिवमा रामबहादुर गुरुङ र कोषाध्यक्षमा राजन पन्तलाई मनोनयन गर्नुभएको छ । यस्तै सदस्यमा लक्ष्मणप्रसाद घिमिरे, रेवतीप्रसाद भुसाल, सुरेन्द्र हमाल, हस्तबहादुर मल्ल, खगेन्द्रराज रेग्मी, लोकेश ढकाल, लक्ष्मणराय यादव, भोजराज रेग्मी, हरिदर्शन श्रेष्ठ, राजेन्द्रप्रसाद पन्त, खेमराज सेढाइँ, गङ्गाबहादुर कुँवर, लीला सुब्बा, दिलकुमारी राई, कविराज न्यौपाने र दिनेश भट्टराई हुनुभएको छ ।

यसैगरी गीता रेग्मी, दीपक लोहनी, ढुण्डीराज पोखरेल, चुन्नीशरण यादव, रामकुमार यादव, बजरङ्ग शाह, डा वासुदेव खनाल, राजनप्रसाद दाहाल, अरुणसिंह राठौर, ठानबहादुर रोकाया, नारायण भट्टराई, वीरबहादुर हमाल, चिरञ्जीवी शर्मा र तिलक भण्डारी हुनुभएको छ । विसं २०६८ मा स्थापना भएको समाजको तेस्रो महाधिवेशनबाट कुलबहादुर गुरुङ अध्यक्ष बन्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर