ललितपुर, गोदावरी । नेपाली कांग्रेसको महासमिति बैठकको तेस्रो दिन विभिन्‍न पाँचवटा प्रतिवेदनहरुमाथि समूहगत रुपमा छलफल भइरहेको छ। चितवनका सभापति राजेश्वर खनालले राजनीतिलाई विकाससँग जोड्नुपर्ने बताउनुभएको छ। उहाँले शिक्षा, रोजगारी र कृषिलाई जोडेर लैजाँदा जनशक्ति व्यवस्थापन पनि सहज हुने बताउनुभयो।

सरकार र पार्टीबीचको सम्पर्क बढाउनुपर्ने उहाँले बताउनुभएको छ। स्याङजाका सभापति राजु थापाले जनताको म्यान्डेट अनुसार गठबन्धन गरिएको उल्लेख गर्दै चार वर्षपछि गठबन्धन गर्ने कि नगर्ने भन्‍ने विषय अहिले नै निर्णय गर्नुपर्छ भन्‍नु उपयुक्त नहुने बताउनुभयो। उहाँले भन्‍नुभयो, ुप्रतिपक्षी दल नेकपा एमाले अहिले गठबन्धन तोड्‍ने रणनीतिमा छ। जनतामा संघीयता महँगो भयो भन्‍ने चिन्ता बढ्दो देखिन्छ।ु

भ्रष्टाचारको विषयमा कांग्रेस अडिग छ भन्‍ने सन्देश दिन आवश्यक रहेको पनि उहाँले बताउनुभयो। धनकुटा जिल्ला सभापति दिनेश राईले कोशीमा हामीले विकासका मुद्दालाई अघि बढाउन नसकेको अवस्थामा राजनीति कसरी गर्ने हो भन्दै महासमिति बैठकमा प्रश्न गर्नुभएको हो। ुकोशी प्रदेको नामांकन विषय पेचिलो हुँदै गर्दा नेतागणहरु कहाँ कानमा तेल हाल्नुभएके छ। कोशी प्रदेशमा हामीले कसरी राजनीति गर्नेरु कुनै पनि राजनीतिक दलहरु खुलेर कार्यक्रम गर्न पाएको छैन,ु उहाँले भन्‍नुभयो। उहाँले कोशीको पहिचानको विषयमा महासमिति बैठकले निर्णय दिन नसके १४ जिल्ला सभभापति मिलेर समाधान दिने बताउनुभयो।

यस्तै मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बुले महासमिति बैठकको निर्णय केन्द्रीय समितिले उल्टाउन नपाउने बताउनुभयो । उहाँले पनि पहिचानको विषयमा कुरा उठाउनुभएको छ। साथै उहाँले क्रियाशील सदस्यता वितरण गर्ने अधिकार जिल्लालाई दिनुपर्ने धारणा राख्‍नुभयो।

सुनसरी जिल्ला सभापति केदार भण्डारीले आफ्नो मान्छे परे गठबन्धन ठिक नपरे बेठिक भन्ने परिपाटी अन्त्य गरिनुपर्ने बताउनुभयो । उहाँले कोशीमा कांग्रेसले गठबन्धन गरेर गल्ती नभएको बताउनुभयो । उहाँले भन्‍नुभयो, ुएमालेलाई कमजोर पार्न सक्नुपर्छ । माओवादीलाई धेरै विच्काउनु हुन्न । गठबन्धन तलमाथी नबनोस् । गठबन्धन गर्न हुन्न हुन्न भन्ने कुरा अहिले यहाँबाट गर्न हुन्न । धेरै कुरा जिल्लालाई बाइपास गरेको देखिन्छ । सभापतिले जिल्ला समितिमा संस्थागत छलफल गरेर आउनुपर्छ । जिल्लालाई कमजोर बनाएर केन्द्रले निर्णय गर्दा कार्यकर्ताको मन दुखेको हुन्छ । नामाकरणको विषयमा पनि स्पष्ट पारेर जानुपर्छ कोशीमा सहज वातावरण बनाउन लाग्न अनुराध छ ।ु

झापाका सभापति देउमान थेवेले गठबन्धनको कुरा छुन नहुने बताउनुभयो । उहाँले भन्‍नुभयो, ुगठबन्धनको कुरा ८३ तिर गर्दा भइहाल्छ नि। अहिले हतार किन गर्न त्यति आवश्यक छैन । यसले इलाममा उपनिर्वाचन हुँदैछ, त्यहाँ असर गर्छ । गठबन्धनकै कारण ७ प्रदेशमा सरकारमा छौं । गठबन्धन अस्ति नहुँदा हाम्रो ओठमुख सुकेको थियो। सातै प्रदेश र संघ जाँदा के हुन्छरु केपी ओलीले अर्को गठबन्धन गर्ने भनिसके ।ु

कैलाली सभापति नारायणदत्त भट्टले प्रदेश समितिलाई कसरी सक्रिय बनाउने र उनीहरुलाई कसरी गाउँ(गाउँ पुर्‍याउने त्यसतर्फ पार्टी ध्यान दिनुपर्ने बताउनुभएको छ । उहाँले थप्‍नुभयो, ुमहाधिवेशन कहिले गर्ने भन्ने कुरा आएको छ, समयमा गर्ने समयमा नसके विधानले व्यवस्था गरे बमोजिम गर्ने, नसके संविधानको धारा प्रयोग पाँच वर्ष र ६ महिना बढाउने । तर सकभर समय गर्ने ।ु

गठबन्धन नगर्ने कुरा पारित हुन सक्ने भए पनि अहिले नै फैसला गर्ने समय नभएको सभापति भट्टले बताउनुभयो । भावनामा बगेर काम गर्दा पछुताउनुपर्ने परिस्थिती हुन सक्ने उहाँले बताउनुभयो। उहाँले भन्‍नुभयो, ुगठबन्धन तत्कालीन आवश्यक्ता हो, ८४ सम्म देशमा के(के हुन्छरु कम्युनिष्टहरु एक हुन्छौं भनेका छन्। अनि के हुन्छरु कांग्रेस पार्टी भोली कसरी सफल हुन्छ।ु

त्यसैगरी रौतहटका सभापति सुनील कुमार यादवले गठबन्धन राणनीतिक कुरा भएको बताउनुभएको छ । उहाँले भन्‍नुभयो, ुगठबन्धनबारे अहिले निर्णय गर्न आवश्यक छैन । गठबन्धन राजनीतिक स्थायित्वको लागि गरिएको हो । भ्रष्टाचारको बारेमा कडा नीति हुनुपर्छ ।ु सर्लाही सभापति सुरेन्द्र सिंहले गठबन्धनको बारेमा नीतिग निर्णय गर्न आवश्यक नभएको बताउनुभएको छ । उहाँले विधानको अक्षरसपालना गर्नुपर्ने र गुट उपगुटको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

पर्सा सभापति जनार्दश सिंह क्षेत्रीले गठबन्धनबारे अहिले नै बोल्न आवश्यक नभएको बताउनुभएको छ । २०७४ मा गठबन्धन नगर्दा पार्टीको कुन हालत थियो भन्‍ने कुरा बुझ्‍न आवश्यक रहेको बताउनुभयो । भ्रष्टाचार निवारणमा कांग्रेस निर्मम ढंगले प्रस्तुत हुनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्‍नुभयो, ु२० हजार क्रियाशील सदस्य छन्, भोट १० हजार आउँछ । क्रियाशील सदस्यता वितरणमा पारदर्शी हुनुपर्यो । पार्टीलाई भोट नहाल्ने क्रियाशील सदस्य किन चाहियो रुु

महोत्तरी सभापति नागेश्वर यादवले कांग्रेसलाई कसरी सुधारेर लैजाने भन्‍ने कुराहरु प्रतिवेदनमा अपुग भएको बताउनुभयो । उहाँले गठबन्धनको कुरा बेमौसमी भएको र युवालाई कसरी कांग्रेसलाई समेट्न सकिन्छ यतातिर ध्यान दिन नसकिएको बताउनुभयो । नयाँ अनुहार कसरी महाधिवेशन प्रतिनिधि हुन्छ भन्‍ने कुरा समेट्नुपर्ने उहाँले बताउनुभयो । वडादेखि प्रदेशसम्म ३ पटक महाधिवेशन प्रतिनिधिलाई स्वतस् प्रतिनिधि एक पटक बनाइ नयाँ अनुहारालाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । प्रदेश र संघीयतालाई कसरी बलियो पार्ने भनेर केन्द्रले अधिकार प्रयोग गरेर सोच्‍नुपर्ने उहाँले बताउनुभयो ।

धनुषाका सभापति योगेन्द्र पन्जियारले लेभीको कुरा विधान बमोजिम सम्बोधन हुनुपर्ने र क्रियाशील वितरणमा नयाँ मान्छेलाई कुनै अवसर दिइनुपर्ने बताउनुभयो । उहाँले महाधिवेशनको १ वर्ष अघिदेखि क्रियाशील नवीकरण बन्द गर्नुपर्ने बताउनुभएको छ । उहाँले अब अब गठबन्धन गर्न नहुने बताउनुभयो । मधेशमा कांग्रेस कमजोर बन्दै गएको उहाँको गुनासो छ ।

हुम्ला सभापति मोहनविक्रम सिंहले केन्द्रीय सभापति र पदाधिकारी जिल्लाबाट चुनिएर आउनुपर्ने धारणा व्यक्त गर्नुभयो। सिरहाका सभापति रामचन्द्र यादवले सरकारमा जान गठबन्धन अनिवार्य भए पनि चुनावअघि गरिने गठबन्धन आवश्यक नभएको बताउनुभएको छ । रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले जाजरकोट र रुकुम पश्चिमको भूकम्पले पुर्‍याएको क्षतिको विषयलाई प्रतिवेदनमा नसमेटिएको गुनासो गर्नुभयो । शहीद र प्रजातन्त्र सेनानीको सम्मानमा पार्टीले उपसभापतिको संयोजकत्वमा जिल्लादेखि केन्द्रसम्म् प्रतिष्ठान बनाउनुपर्ने उहाँको भनाइ छ । केन्द्रीय सदस्य स्वतस् महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हुनुपर्ने र प्रदेश कार्यसमितिको भूमिका केन्द्रको भन्दा कम नभएको स्मरण गराउनुभयो । उहाँले गठबन्धनको विषयमा हतार गरेर निर्णय गर्नुपर्न आवश्यक नभएको बताउनुभएको छ ।

ललितपुर सभापति जितेन्द्र श्रेष्ठले अहिलेको गठबन्धन नभएको भए नेपाली कांग्रेसमा निराशा थप बढ्ने र कमजोर हुने स्थिति सिर्जना हुने बताउनुभयो । उहाँले भन्‍नुभयो, ुअहिले नै गठबन्धनबारे निर्णय गरेर अघि बढ्दा उचित हुँदैन । यसबारे पछि परिस्थिति अनुसार निर्णय गरिनुपर्छ ।ु कांग्रेसले शिक्षा, स्वास्थ्य र रोजगारीलाई युवासँग जोडेर योजना बनाउनुपर्ने उहाँको धारणा छ ।

गोरखा सभापति नन्दु न्यौपानेले नेपाली कांग्रेस पार्टी आज आफ्नै खुट्टामा अभिन नसकेको बताउनुभयो । उहाँले भन्‍नुभयो, ुगोरखामा गठबन्धन दलको विचार नमिलेका कारण समस्या भएको छ । नेपाली समाजमा कांग्रेसको ठूलो योगदान छ र आफ्नो विचार र सिद्धान्तमा अडिग रहनुपर्छ ।ु

मकवानपुरका सभापति बुद्ध लामाले नेपाली कांग्रेसलाई विकास निर्माणसँग जोड्‍ने र भ्रष्टाचार अन्त्यका लागि नेतृत्व गर्नुपर्ने बताउनुभएको छ । उहाँले भन्‍नुभयो, ुनेपाली कांग्रेसले भ्रष्टाचार अन्त्यका लागि नेतृत्व गर्नुपर्छ र परराष्ट्र नीतिको सही कार्यान्वयन गर्न आवश्यक छ ।ु बागलुङ सभापति जितबहादुर शेरचेनले पार्टीमा देखिएको निराशालाई चिर्दै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले गठबन्धन रणनीति कुरा भएको र त्यो तत्कालीन समयमा निर्णय गर्नुपर्ने बताउनुभएको छ। धादिङका सभापति रामनारायण महासमिति सदस्यहरुले जहाँबाट भोट हाल्यो, हामी एकै ठाउँमा छौं भन्‍ने बिर्सिएको गुनासो गर्नुभयो । गठबन्धनले एकतर्फ रुपमा सरकार चलिरहेको छ भन्‍ने सन्देश गएको उहाँले बताउनुभयो । उहाँले भन्‍नुभयो, ुगठबन्धनबारे निर्वानचनको समयमा निर्णय लिन सकिन्छ । निर्वाचन सकेको केही महिनामा नै जनतामा निराशा छायो ।ु

नवलपरासीका सभापति महेन्द्र जिसीले जनतालाई प्रदेश सरकारलाई जोकरको रुपमा लिएको बताउनु भयो। उहाँले पार्टीको केन्द्रीय सदस्य हुनेहरू तलबाटै निर्वाचित भएर आउने व्यवस्था विधानमै राख्न पनि सुझाव दिनु भयो। ुप्रदेश सरकारलाई जनतालाई जनताले जोकरको रुपमा हेरेका छन्,ु उहाँले भन्नुभयो, ुपार्टीको केन्द्रीय सदस्य हुनेहरू पनि तलबाटै निर्वाचित भएर आउने व्यवस्था गरौँ। भ्रातृ संस्थाहरूलाई अधिकारी दिइएको छैन काम गरेन मात्र भनेर भएन। नेतृत्वले संगठन किन विस्तार भएन भनेर बुझ्नुपर्छ।ु

उहाँले गठबन्धनका बारेमा आवश्यक रणनीतिबारे आफ्नो सिद्धान्तबारे अडिक भएर निर्णय लिन पनि सुझाव दिनु भयो। उहाँले भन्नुभयो, ुगठबन्धनबारे पार्टीको सिद्धान्तबारे अडिग भएर निर्णय लिनुपर्छ। गठबन्धनबारे अहिले नै निर्णय गरेर जानुपर्छ।ु

त्यस्तै काभ्रेका जिल्ला सभापति तीर्थ लामाले केन्द्रीय समिति र पदाधिकारीहरू सक्षम हुँदा हुँदै पनि विचारमा ऐक्यवद्धता नदेखिएको गुनासो गर्नु भयो। उहाँले समितिको बैठकमा नआउने नेताहरूलाई के गर्ने भन्ने प्रश्न पनि गर्नु भएको छ। उहाँले भन्नुभयो,ुकेन्द्रीय समिति र पदाधिकारीहरू सबै सक्षम हुनुहुन्छ तर विचारमा ऐक्यवद्धता देखिएन। बैठकमै नआउने नेतालाई के गर्नेरुु

म्याग्दी सभापति खमबहादुर गर्बुजाले शीर्ष नेताहरू एक ठाउँमा हुन जरुरी भएको बताउनु भयो। उहाँले म्याग्दीमा गठबन्धन नगरी चुनाव नजित्ने बताउनु भएको छ। उहाँले भन्नु भयो, ुशीर्ष नेताहरूबीच एकता हुन जरुरी छ। म्याग्दीमा गठबन्धनबिना कांग्रेस एक्लैले जित्न कठिन छ।ु

त्यस्तै रामेछाप जिल्ला सभापति कान्छा लामाले १५ औं महाधिवेशनमा सबै जिल्लामा केन्द्रीय प्रतिनिधि हुनुपर्ने बताउनु भएको छ। उहाँले भन्नु भयो, ु१५औं महाधिवेशनमा सबै जिल्लामा केन्द्रीय प्रतिनिधि हुनुपर्छ। कतै तीन जना कतै एक जना पनि छैन। सबैतिर हुनुपर्‍यो।ु
उहाँले पनि गठबन्धनलाई कायमै राखेर चुनावमा जानुपर्ने बताउनु भयो।

ताप्लेजुङ सभापति गजेन्द्र तमुले कोशीमा पहिचानको मुद्दा कांग्रेसले मिलाउनुपर्ने बताउनु भयो। उहाँले भन्नुभयो, ुकोशीमा पहिचानको मुद्धा छ । पूर्व र पश्चिमलाई एकै ठाउँमा जोड्दै गर्दा कांग्रेस अभिभावक बन्नुपर्छ। १३० बढी जात बसेको देशमा धर्मको कुरा गर्नुपर्छ भन्ने मलाई लाग्दैन । यसमा ध्यान जाओस् ।ु त्यस्तै उहाँले केन्द्रीय सदस्य पदेन महासमिति सदस्य हुने भए जिल्ला प्रदेश समितिले पनि यो अवसर पाउनुपर्नेमा जोड दिनु भयो।

ुगाउँ बस्तिमा कांग्रेस सरकारको अनुभव गर्न सकेका छैनन् भुईँ मान्छेले । पार्टी सफल बनाउने हो देश समृद्ध बनाउने हो भने सरकार पार्टीले सन्चालन गर्ने पर्छ। पार्टीमा अनुशासन भएन। अन्तर्घात धेरै भयो। प्रदेश र जिल्लालाई हस्तक्षेप गरेर कस्तो कांग्रेस बनाउन खोजिएको होरुु उहाँले प्रश्न गर्नु भयो।
उहाँले कोशी प्रदेशको नामांकनलाई गम्भीर रुपले लिन पनि सुझाव दिनु भयो। उहाँले भन्नु भयो, ु कोशी प्रदेशमा कांग्रेस बलियो हैन आफ्नो गुटलाई बलिाये बनाउने चिन्तन छ । यसमा गुट बलियो हैन पार्टी बलिाये बनाउन लाग्नुपर्छ ।ु

पाँचथर जिल्ला सभापति रुप नारायण जबेगु ले कोशीको मुद्दालाई तत्काल निकास दिन नेतृत्वलाई आग्रह गर्नु भयो। उहाँले भन्नु भयो, ुकोशी प्रदेशको विषयलाई निकाश दिइयोस् । सबै तहका पार्टी पदाधीकारी मनोनय गर्ने व्यवस्था विधानले व्यवस्थापन गर्नुपर्छ र त्यो अधिकार सभापतिलाई दिनुपर्छ । सभपाति कमजोर भए पार्टी कमजोर हुन्छ । जिल्लाको भातृ प्रमुख नियुक्ति गर्दा जिल्ला सभापतिसँग परामर्श गरेर मात्र त्यो नियुक्त गरियोस् । यसो भएन भने अध्यक्ष वा जिल्ला सभापतिले अर्को नियुत्तः गर्नु नपरोस् ।ु

उहाँले केन्द्रीय सदस्य पनि जिल्लामा गएर महाधिवेशन प्रतिनिधिको चुनाव लड्ने व्यवस्था मिलाउन आग्रह गर्नु भयो। केन्द्रले जिल्लालाई हस्तक्षेप गरेको भन्दै उहाँले भन्नु भयो, ुकेन्द्रीय सदस्य पनि जिल्लामा गएर महाधिवेशन प्रतिनिधि लड्ने काम होस् । जिल्लाबाट सिफारीस गरेको नामभन्दा निर्वाचनमा अर्को नाम केन्द्रले लादे उनीहरुलाई जिताउन सकिदैन ।ु उहाँले पनि गठबन्धन गर्नु राम्रो नहुने बताउनु भयो।
रुपन्देही जिल्ला सभापति गठबन्धन आधारभुत आवश्यकता भएको बताउनुभयो । बर्दिया जिल्ला सभापति अरुण राठौरले गठबन्धन सरकार बनाँउदा मात्रै आवश्यक हुने बताउनुभयो ।ुचुनावमा जाँदै गर्दा गठबन्धन गर्नु हुँदैन ।त्यसबेलाको गठबन्धन पार्टीको लागि घातक हो,ुउहाँले भन्नुभयो ।बाँके जिल्ला सभापति नारायणप्रसाद गौडेलले पनि कांग्रेस एक्लै निर्वाचनमा जाने आँँट गर्नुपर्ने बताउनुभयो । प्युठान जिल्ला सभापति बिष्णु गिरीले गठबन्धन महासमिति बैठकमा प्रवेश पाउनु गलग भएको बताउनुभयो । ुगठबन्धनको बिषय महासमिति बैठकमा घुसाउनु हुँदैनथियो ,ु उहाँले भन्नुभयो । दाङ जिल्ला सभापति शंकर डाँगीले गठबन्धनको मर्मलाई बुझेर व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।पाल्पा जिल्ला सभापति हिमाल श्रेष्ठले चुनावी गठबन्धनले गर्दा धेरै कांग्रेस पिडीत बन्नुपरेको बताउनुभयो ।ुआगामी निर्वाचनमा गठबन्धन गरिनुहुन्न,ु उहाँले भन्नुभयो । रोल्पा जिल्ला सभापति किशोर आचार्यले गठबन्धनले गर्दा कांग्रेसको चुनाव चिन्ह नै हराउने अबश्था आएको बताउनुभयो । ु गठबन्धनले गर्दा कांग्रेसको चुनाव चिन्ह नै हराउने अवश्था आय‍ो ।रोल्पामा कांग्रेस नै नभएको अनुभुति भयो,ु उहाँले भन्नुभयो ।
रसुवाका सभापति पेम्बा छिरिङले पार्टीले केन्द्रले गठबन्धनबारे जबरजस्ती निर्णय लिन नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो, ुगठबन्धनबारे आवश्यकताका आधारमा निर्णय लिनुपर्छ । जित्‍ने(हार्न अवस्था जिल्लालाई थाहा हुन्छ, त्यसका आधारमा नै गठबन्धन गरिनुपर्छ ।ु

तनहुँका जिल्ला सभापति जितप्रकाश आले युवा पलायन बढ्दै गएको र स्थानीय तहमा पार्टी संरचनामा राख्ने योग्य मान्छे नै नपाउने स्थिति सिर्जना हुन लागेको बताउनुभयो ।

सुर्खेतका कार्यबाहक सभापति टोपबहादुर रावतले कांग्रेसको नीति सहकार्यको भएको उल्लेख गर्दै गठबन्धन के गर्ने भनेर नीति बनाएर अघि बढ्ने नभई रणनीतिक विषय भएको बताउनुभयो । उहाँले भन्‍नुभयो, ुचुनौती समाधान गर्न बनाइएको गठबन्धन हो । संविधानको रक्षा गर्न कर्णालीबाट सुरु भएको गठबन्धनले कांग्रेस बलियो भएको छ ।ु

जाजरकोट सभापित वेदराज सिंहले गठबन्धन रणनीतिक कुरा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ुगठबन्धनबारे अहिले नै निर्णय गर्न आवश्यक नभएको बताउनुभयो ।ु सल्यान सभापति केशबहादुर विष्टले नीतिगत कुरा लेखेर नभई व्यवहारले देखाउनुपर्ने बताउनुभयो । जिल्लालाई कारबाही र पुरस्कारको व्यवस्था पार्टीले गर्नुपर्ने बताउनुभयो ।

दोलखाका सभापति मणिराम रेग्मीले महासमिति बैठकमा पेश गरिएका प्रस्ताव आवश्यक रहेको र यसलाई व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो । कालिकोटका सभापति अम्बबहादुर शाहीले गठबन्धन गर्दा स्थानीय, जिल्लालाई जिम्मा दिनुपर्ने र केन्द्रले लाद्न नहुने बताउनुभयो । जुम्लाका सभापति कर्णबहादुर शाहीले गठबन्धन कसका लागि गर्ने र कसका लागि नगर्ने भन्‍ने विषय जिल्लालाई दिनुपर्ने बताउनुभयो ।

मुगुका सभापति ऐनबहादुर शाहीले द्वन्द्वपीडित र सहिदका परिवारलाई पार्टीले वडादेखि आरक्षणा दिनुपर्ने बताउनुभयो । हिन्दु धर्मको कुरा उठिरहँदा पार्टीले धारणा बनाउन जरुरी भएको उहाँको भनाइ छ ।
डोल्पा सभापति पूर्ण शाहीले कांग्रेसमा अनुशासनको समस्या भएको र नेता कार्यकताले जे मन लाग्यो त्यही गर्न नहुने बताउनुभयो । बाराका सभापति राजेश राय यादवले पार्टी सरकारमा गएको र पार्टीसँगको समन्वयमा ध्यान दिन आवश्यक छ । कृषिमा पनि ध्यानाकर्षण हुनुपर्ने उहाँको भनाइ छ।

हासमिति बैठकमा जिल्ला सभापतिहरुले भने ( कांग्रेसले राजनीतिलाई विकाससँग जोड्नुपर्दछ

ललितपुर, गोदावरी । नेपाली कांग्रेसको महसमिति बैठकको तेस्रो दिन विभिन्‍न पाँचवटा प्रतिवेदनहरुमाथि समूहगत रुपमा छलफल भइरहेको छ। चितवनका सभापति राजेश्वर खनालले राजनीतिलाई विकाससँग जोड्नुपर्ने बताउनुभएको छ। उहाँले शिक्षा, रोजगारी र कृषिलाई जोडेर लैजाँदा जनशक्ति व्यवस्थापन पनि सहज हुने बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर