संयुक्त राष्ट्रसङ्घ, ५ फागुन । रूसी प्टिन प्रशासनको प्रखर आलोचक तथा विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमा भएकाके मृत्युपछि संयुक्त राष्ट्रसङ्घ र विश्वका प्रमुख शक्ति राष्ट्रका नेताहरूले घटनाको छानवीन गर्न आग्रह गरेका छन् ।
रूसमा पछिल्लो दशक सबैभन्दा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका नभाल्नीको जेलमा निधन भएको कारागार प्रशासनले शुक्रवार जनाएको थियो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले ‘हिरासतमा भएको भनिएको नभाल्नीको मृत्युको परिस्थितिबारे पूर्ण विश्वसनीय तथा पारदर्शी छानबिन’ हुनुपर्ने माग गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसका प्रवक्ताले नभाल्नीको मृत्युबाट महासचिव स्तब्ध भएको बताएका छन् ।
एलेक्सीको नभाल्नीको मृत्युको विवरणले राष्ट्रसङ्घका महासचिव गुटेर्रेस ‘स्तब्ध भएको’ उहाँका प्रवक्ताले बताउनुभएको छ । यसैगरी राष्ट्रसङ्घको मानवअधिकार कार्यालले स्वतन्त्र निकायमार्फत् घटनाको छानबिन हुनुपर्ने माग गरेको छ । ‘बिनाकारण जस्तो देखिएको’ नभाल्नीको कारावासबारे पनि आफूले बारम्बार कुरा उठाएको कार्यालयले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।
अमेरिकाका राष्ट्रपति जो बाइडेनले घटनाका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको दावी गर्दै यसको निष्पक्ष छानवीन हुनुपर्ने बताउनुभएको छ ।
राष्ट्रसङ्घीय मानव अधिकार आयुक्त फोल्कर ट्यूर्कले गत वर्ष नभाल्नीलाई सुनाइएको लामो सजायले रूसले अदालती प्रणालीलाई राजनीतिक उद्देश्यका लागि प्रयोग गरेको देखाएको बताउनुभएको छ । “यदि कोही राज्यको हिरासतमा मर्छ भने त्यसका लागि राज्य जिम्मेवार हुने अन्तरराष्ट्रिय मान्यता छ,” राष्ट्रसङ्घले भनेको छ ।
नभाल्नीको मृत्युको घोषणापछि ह्वाइट हाउसमा बोल्दै अमेरिकी राष्ट्रपति जो बाइडनले आफूलाई उक्त घटनाले ‘अचम्भीत र आक्रोशित’ तुल्याएको बताउनुभएको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रखर आलोचक रहेका नभाल्नीको ‘वीरता’को प्रशंसा गर्दै बाइडेनले सन् २०२० मा विष दिइएपछि नभाल्नी निर्वासनमा देशबाहिर रहनसक्ने भएपनि उहाँले त्यसो नगरेको बताउनुभयो ।
“पुटिन जे थिएनन्, नभाल्नी त्यही थिए,” बाइडेनले नाभाल्नीको विशेष क्षमताबारे बताउनुभयो । उहाँले थप्नुभयो, “गल्ती नगरौँ, नभाल्नीको मृत्युका लागि पुटिनले जिम्मेवार छन् ।”
म्युनिखबाट अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले पुटिनको मृत्यु ‘पुटिनको क्रूरताको सङ्केत’ भएको बताउनुभएको छ ।
जर्मनीका चान्सलर ओलाफ स्कोल्जले नाभाल्नीको मृत्यु रूसी जनताका लागि ‘ठूलो त्रासदी’ भएको बताउनुभएको छ ।
बेलायतको विदेश मन्त्रालयले नाभाल्नीको मृत्युका लागि रुसी अधिकारीलाई पूर्ण रुपमा जिम्मेवार ठह¥याउन रुसी दूतावासलाई बोलाएको जनाएको छ ।
यसैगरी बेलायतका विदेशमन्त्री डेभिड क्यामरूनले नभाल्नीको मृत्युको परिणाम रूसले भोग्नुपर्ने चेतावनी दिनुभयो । जर्मनीमा जारी म्यूनिख सुरक्षा सम्मेलनमा क्यामरूनले भन्नुभयो, “रूसले यसको परिणाम बेहोर्नुपर्नेछ ।”
लातभियाका राष्ट्रपति एडगर्स रिन्केभिक्सले ‘क्रेमलिनले नभाल्नीको निर्मम हत्या गरेको’ बताउनुभउको छ । त्यसैगरी, फ्रान्सका विदेशमन्त्री स्टेफन सेजोर्नले नभाल्नीको मृत्युले ‘पुटिनको शासनको वास्तविकताको सम्झना गराएको’ बताउनुभएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विगत दुई वर्षदेखि रूसी सेनासँग लडिरहेका बेला क्रेमलिनका आलोचकको हत्या भएको बताउनुभएको छ ।
नाभाल्नी सन् २०२१ को फेब्रुअरीमा नभाल्नी सन् २०१४ मा सुनाइएको सजाय उल्लङ्घन गरेको आरोपमा जेल पर्नुभएको थियो । उहाँलाई सन् २०२० मा आफ्नो अवस्थाबारे प्रहरीलाई नियमित खबर नगरेको आरोप लगाइएको थियो ।
क्रेमलिनका ४७ वर्षीय क्रेमलिनका कट्टर आलोचक नभाल्नीको रूसको आर्कटिकमा १९ वर्षको जेल सजाय काटिरहेका बेला मृत्यु भएको शुक्रबार रूसी अधिकारीहरूले बताएका थिए ।
मृत्युको खबरलेरूसभित्र र बाहिर रहेका नाभाल्नीका समर्थक तथा प्रशंसकहरू शोकमा डुबेका छन् ।
रूसका अस्थायी स्मारकहरूमा फूल राख्न मानिसहरू भेला भएका थिए र केही घटनामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको सामाजिक सञ्जालमा सम्प्रेषित फुटेजले देखाएको छ ।
ओभीडी–इन्फोका अनुसार फेब्रुअरी १७ सम्ममा रूसको दोस्रो ठूलो शहर सेन्ट पिटर्सबर्गका ६४ सहित १० शहरमा १०१ भन्दा बढीलाई हिरासतमा लिइएको छ ।
राजधानी मस्कोमा ११ जना र निज्नी नोभगोरोड, क्रास्नोडार, रोस्तोभ–अन–डन र ट्वेर शहरमा ११ जनालाई हिरासतमा लिइएको छ ।
रूसमा असहमति विरोधी कडा कानुनअन्तर्गत विरोध प्रदर्शन गैरकानुनी छ र अधिकारीहरूले नभाल्नीको समर्थनमा हुने ¥यालीमा कडाइ गरेका छन् ।
रूसको राजधानी मास्कोको मध्यभागमा हुने विशाल ¥यालीमा भाग लिन अनलाइनमार्फत गरिएको आह्वानबारे आफूहरू जानकार रहेको र त्यहाँ उपस्थित
नहुन चेतावनी दिइएको रूसी प्रशासन र सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन् ।एएफपी
