काठमाडौं, ५ वैशाख । पछिल्लो चौबीस घण्टामा ५०८४ जनाको आरटी पीसीआर परीक्षण गर्दा थप १०१५ जनामा कोरोना भाइरस संक्रमण(कोभिड१९) पुष्टि भएको छ ।
यससँगै सङ्क्रमितको कुल संख्या २ लाख ८४ हजार ७४२ पुगेको जनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो चौबीस घण्टामा २२६ जना सङ्क्रमित विसेक भएका छन् । अहिलेसम्म २ लाख ७५ हजार ३ सय जना सङ्क्रमित विसेक भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिले ६ हजार २९० जनामा सक्रिय सङ्क्रमण रहेको छ ।
मन्त्रालयले एन्टीजेन विधिबाट गरिएको परीक्षणमा ८१ जनामा पोजिटिभ परिणाम पाइएको उल्लेख गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर