काठमाडौँ, ५ वैशाख । गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभा सदस्यबाट मुक्त हुनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट चयन हुनुभएका थापाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले उहाँलाई राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको हो ।

राष्ट्रियसभामा केन्द्रका सचेतक दीनानाथ शर्माले थापालाई राष्ट्रियसभा सदस्यबाट मुक्त गर्न गत चैत २७ गते लिखितपत्र पेश गर्नुभएबमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले त्यसलाई आज स्वीकृत गर्नुभएको तथा राजनीतिक दलसम्बन्धी ऐनअनुसार थापाको सदस्य पद रिक्त भएको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभा सदस्य पद गुमेपछि मन्त्रीबाट पनि स्वतः पदमुक्त  रामबहादुर थापा ‘बादल’ ले आजै गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिने  स्रोतले जनाएको छ ।  सांसद नभएपनि ६ महिनासम्म मन्त्री बन्न पाउने  संवैधानिक व्यवस्थाअनुसार  पुनः गृहमन्त्रीको रुपमा शपथ लिन लागेका जनाइएको छ ।यस अघि छ जना सांसद पद नभएपनि मन्त्रीकारूपमा काम गर्दै आएका छन ।

 

–––

प्रतिक्रिया

सम्बन्धित खवर