काठमाडौ, १९ पुस । सशस्त्र द्वन्द्व पीडितलाई न्याय र सबै नेपालीहरूको स्वास्थ्य सेवा र शिक्षामा समान पहुँच लगायतका माग राख्दै माइतीघरमा आन्दोलनरत डा.गोविन्द केसी लगायत ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मंसिर ५ गतेदेखि स्थानीय प्रशासनले माइतीघरलाई निषेधित क्षेत्र तोकेको थियो।
सो बारे प्रहरीले डा.केसीलाई जानकारी गराएको र सो आदेशको पालना नगरेका कारण उहाँहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
डा. केसीसहित ९ जनालाई नियन्त्रणमा लिइएको जानकारी एसपी कुमोध ढुंगेलले दिनुभयो ।
