काठमाडौ, १७ पुस । रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार थप तीन नेपालीको मृत्यु भएको पुष्टि भएको हो ।
उनीहरुको रुस–युक्रेन युद्धमा मृत्यु भएको हो । मन्त्रालय स्रोतका अनुसार मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धार्दिङका राजकुमार गिरी रहेका छन् ।

योसँगै रुसी सेनामा भर्ना भइ मृत्यु हुने नेपालीको संख्या १० पुगेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर