काठमाण्डौं, १५ पुस । गुरूङ समुदायले आज आइतबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । यो समुदायले यो पर्व पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर मनाउँदछ। तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ।

गुरुङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।

विशेष गरेर गुरूङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ । यो पर्वको अवसुमा राष्ट्रपति, प्रधानमन्त्री र पार्टीका नेताहरूले शुभकामना व्यक्त गरेका छन् र
यस अवसरमा काठमाण्डौको टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेशभूषामा सजिएर सहभागी हुन्छन्। कार्यक्रममा गुरूङ समुदायको परिकार विशेषको समेत प्रदर्शनी गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर