प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषदले २०७९ माघ २९ गते एक निर्णय गरी फागुन १ गतेका दिन जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने घोषणा गरेको थियो ।
अदालतको यो निर्यण र आदेशसँगै यस वर्ष पनि फागुन १ गते विदा दिने गरी २ चैत २०७९ मा राजपत्रमा प्रकाशित सूचना र यही सन्दर्भमा प्रदेश सरकारहरुबाट भएका निर्णय र सूचनाहरु समेत उत्प्रेषणको आदेशद्वारा बदर भएका छन् । अब जनयुद्ध दिवस भनेर सरकारी स्तरमा मनाउन र सार्वजनिक बिदा दिन पाइँदैन ।
