गण्डकी, २ वैशाख गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । नयाँ गठबन्धनका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र, र जनता समाजवादी पार्टीले बिहीबार प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री गुरुङ विरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।
मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै भावी मुख्यमन्त्रीमा कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ। कांग्रेस माओवादी र जसपाका गरी २८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको आज आयोजित पत्रकार संमेलनमा जानकारी गराइएको हो ।
नयाँ सरकार गठनका लागि ३१ सांसदको समर्थन आवस्यक पर्छ । तर, चार पार्टी मिल्दा उनीहरुको पक्षमा ३२ सांसद हुन्छन् । चारदलको मोर्चा मुख्यमन्त्री विरुद्ध उभिएपछि उनी अल्पमतमा परेका हुन् । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिँदै आएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ ।
