काठमाडौ, ८ असोज । सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिप्रति असहमती जनाउँदै राहत, बालविकास र पेन्सनबाट वञ्चित शिक्षकले आज वानेश्वरमा विरोध प्रदर्शन गरेका छन् ।

गत शुक्रबार सरकारसँग सहमति भएका शिक्षकहरू आन्दोलनका कार्यक्रम फिर्ता लिएर घर फर्किएका छन् भने सो बाट असमती जनाउने राहत कोटाका शिक्षकहरू भने निरन्तर आन्दोलनमा रहेका छन्।

सरकारसँगको वार्तामा ७५ प्रतिशत राहत शिक्षकलाई स्थायी गर्ने र अन्य २५ प्रतिशत खुलाबाट भर्ना गर्ने सहमति भए पनि उनीहरुले शतप्रतिशत स्थायी हुनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर